धनुषाबाट एक जनप्रतिनिधि पक्राउ
4 वर्ष पहिले प्रकाशित
जेठ १७ गते ।धनुषाबाट एक जनप्रतिनिधि पक्राउ परेका छन् ।ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका शहीदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजी पक्राउ परेका हुन् ।
कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार बिराजीलाई पक्रेर अन्य अनुसन्धान भइरहेको छ ।
बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।
कमेन्ट गर्नुहोस्
view comments