जनकपुरधाममा सपथ ग्रहण बहिस्कार गरेका एमालेका निर्वाचित जनप्रतिनिधिले लिए सपथ

4 वर्ष पहिले प्रकाशित

जेठ १३ गते। जनकपुरधाममा सपथ ग्रहण बहिस्कार गरेका नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । शुक्रवार जनपकुरधम उपमहानगरपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुले मेयर मनोज साहबाट पद तथा गोपनियताको सपथ खाएका हुन् ।


बिहिवार आयोजित सपथ ग्रहण कार्याक्रम एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका थिए । उनीहरुले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि सपथ ग्रहण बहिस्कार गरेका थिए ।
एमालेका ७ जना वडाध्यक्ष र सदस्यहरुले शुक्रवार सपथ लिएका हुन् । उनीहरु आजाबाट नै कार्यभार समेत सम्हालेका हुन् ।


जनकपुरधाम उपमहानगरमा २५ वटा वडा रहेकोमा ११ वटामा नेपाली कांग्रेस, ७ वटामा नेकपा एमाले, दुईवटामा नेपाली कांग्रेसका बागी उम्मेदवार, दुईवटामा लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, तराइ मधेश लोकतान्त्रिक पार्टी र नेकपा माओवादी केन्द्रका एकजना वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?