दोस्रो पटक निर्वाचित भएका जनकपुरधाम -३ का वडाध्यक्ष साहलाई ५१ किलोको मालाले गरे स्वागत

4 वर्ष पहिले प्रकाशित

जेठ १३ गते । दोस्रो पटक जनकपुरधाम उपमहानगरपालिकाको वडा नं। ३ को वडाध्यक्षमा निर्वाचित दिपेन्द्र साहलाई स्थानीयले ५१ किलोको मालाले स्वागत गरेका छन् ।

नवनिर्वाचित वडा अध्यक्ष बिहीबार पदभार ग्रहण ग्रहण गर्न पुगेका बेला वडाबासीले ५१ किलोको माला लगाएर स्वागत गरेकाहुन् ।

उनले नव निर्वाचित मेयर मनोज कुमार साहबाट सपथ ग्रहण गरे संगै वडा अध्यक्ष साह वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

पदभार ग्रहण गर्दै साहले स्थानीय सरोबर देबान पोखरीको सौन्दर्यकरण तथा पर्यटन प्रवद्वन आफनो प्राथमिकतामा रहने बताएका छन् ।

उनले झिनो मतान्तरका साथ नेकपा एमालेका उम्मेदवार शुनिल दासलाई पराजित गर्दै वडा अध्यक्ष जितेका हुन भने चारजना सदस्यहरु एमालेकै जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?