निधिलाई प्रमुख अतिथि बनाएपछि जनकपुरधाममा एमालेका जनप्रतिनिधिले गरे सपथ बहिस्कार
4 वर्ष पहिले प्रकाशित
जेठ १२ गते । वर्तमान कुनै पदीय हैसियतामा नरहेका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि जनकपुरधाममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकका नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रम आज आयोजना गरिएको छ ।
जसमा प्रमुख अतिथिको रुपमा काँग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधान मन्त्री निधिलाई नेपाली काँग्रेस पक्षले राखेको छ ।
स्वतन्त्रबाट मेयरमा निर्वाचित मनोजसाह सहित काँग्रेसका निर्वाचित जनप्रतिनिधिले निधिलाई प्रमुख अतिथि बनाएपछि एमालेका नवनिर्वाचित जनप्रतिनिधि विरोध गर्दै सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
view comments