बटेश्वर गाउँपालिकाका नवनिर्वाचित पालिका अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिले गोपनियताको लिए सपथ

4 वर्ष पहिले प्रकाशित

जेठ ११ गते ।धनुषाको बटेश्वर गाउँपालिकाका नवनिर्वाचित पालिका अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामअशिष महतोले जनकपुरधाममा जिल्ला मुख्य निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

त्यस लगतै बटेश्वर गाउँपालिकामा निर्वाचन कार्यालय बटेश्वरका निर्वाचन अधिकृत उद्धव ढोडारीको अध्यक्षता र नव निर्वाचित अध्यक्ष रामअशिष महतोको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम राखिएको थियो ।

सो कार्यक्रममा नवनिर्वाचित गाउँपालिका उपाध्यक्ष फुलकुमारी सिंहसहित पाँचवटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई पद तथा गोपनियताको सपथ लिएका हुन् ।पदभार ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष महतोले शिक्षा, स्वास्थ्य, कृषि र स्वरोजगार आफनो पहिलो प्राथमिकता रहने बताएका छन् ।

बटेश्वर गाउँपालिकाको स्थानीययहरुको स्वास्थ्य सेवामा पहुँचका लागि आर्थिक वर्ष २०७९र०८० को निति कार्यक्रममा एम्बुलेन्स खरिद,
शिक्षाको गुणस्तर वृद्धि गर्न पहिलो चरणमा मावि विधालयदेखि सुरुवात गरि विस्तारै सम्पूर्ण विद्यालहरुमा विद्यालय व्यवस्थापन सफटवेयरमार्फत समेत निगरानी गर्ने र सिसिटीभि क्यामेराबाट कक्षा अवलोकन गर्ने निर्णय गाउँपालिका अध्यक्ष महतोले गरेका छन् ।

यस्तै कृषकहरुलाई सिंचाईको व्यवस्था गरि कृषि उपजहरुको बजार व्यवस्थापनको सुनिश्चिता गरिनेछ निर्णय गर्दै पालिकामा विगतमा गाँडिएको बोर्डिग संचालन यथाशिघ्र गर्न आफु अग्रसर रहने निर्णय निर्णय गरेका छन् ।

बटेश्वरका युवाहरुलाई स्वरोजगारमुखि बनाउन प्रत्येक वर्ष दुई सय युवाहरुलाई सीपमूलक तालिमको व्यवस्था सीप प्रदान गरेर स्वरोजगारमुखि बनाउने र बैदेशिक रोजगारीलाई सुरक्षित, उत्पादक बनाईने व्यवस्था गर्ने निर्णय पालिका अध्यक्षले गरेका हुन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेपाली काँग्रेसका प्रदेका क्षेत्रीय नेता वासुलाल महतो, काँग्रेसकै पूर्व जिल्ला उपसभापति सन्तोष यादव, बटेश्वरका काँग्रेस सभापति रामचन्द्र महतोलगायतको सहभागिता रहेको थियो ।नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गर्दै जनताको भावना र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

वडा नं। १ का अध्यक्ष अशोक कुमार महतो, वडा न। २ का अध्यक्ष विजय महतो, वडा नं। ३ का अध्यक्ष राममणि कुशवाहा, वडा नं। ४ का अध्यक्ष निरज कार्की र वडा नं। ५ का अध्यक्ष शिवकरण यादवले सम्बोधन गर्दै वडा र पालिकाको विकासको सवालमा आफुहरु अग्रसर रहने प्रतिवद्धता जाहेर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?