धनुषाका नव निर्वाचित मेयर र अध्यक्षले गरे सपथ ग्रहण

4 वर्ष पहिले प्रकाशित

१० गते ।धनुषाका नवनिर्वाचित मेयर र अध्यक्षले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नव निर्वाचित मेयर र अध्यक्षले सपथ ग्रहण गरेका हुन् ।

सबैजनालाई धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सपथ ग्रहण गराएका हुन् ।

सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम आएसँगै जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको थियो ।

अब मेयर र अध्यक्षले पालिकाका उपमेयर, उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरुलाई सपथ खुवाआउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?