आज पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस मनाइँदै

5 वर्ष पहिले प्रकाशित

पुस २७, २०७७

आज सहिद पत्रकार उमा सिंहको हत्याको १२ वर्ष पुगेको छ ।

आमा सुशिला सिँहसँगै बस्दै आएकी उनी पत्रकारिताको क्रममा २०६५ साल पौष २७ गते जनकपुरको रजौलस्थित डेरामा मारिएकी थिइन् ।

राति करिब ७ः३० बजेको समयमा गोविन्द कार्कीको घरमा डेरा लिएर बसेकी उनलाई एक समूहले आक्रमण गरेको थियो ।

आक्रमण लगत्तै उपचारको लागि जनकपुरधाममा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौ लैँजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सिँहलाई खुकुरी प्रहार गर्दै कपाल समातेर घिसार्दै वारदलीमा ल्याउँदै जताततै खुकुरी प्रहार गरी सख्त घाईते बनाएका थिए ।

सिँहलाई उनकै भाउजू ललिता सिँहले धनको लोभमा हत्या गराएको ठहर छ । निर्ममतापूर्वक हत्या गरिएका पत्रकार सिंहको १२ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

स्वर्गीय पत्रकार सिंहको स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज साँझ दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गर्नेछ भने क्रियाशील पत्रकार महिला धनुषाले समेत साँझ ५ बजे जानकी मन्दिरको प्राङ्गणमा श्रद्धाञ्जली सभाको आयोजना गर्न लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?