रौतहटको यमुनामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी
4 वर्ष पहिले प्रकाशित
जेठ ९ गते । रौतहटको यमुनामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ।
गाउँपालिका अध्यक्षमा लोसपाका हम्द साउन २ हजार ९२९ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका भगत नारायण राय यादवले १ हजार ९९४ मत प्राप्त गरे।
गाउँपालिकाको उपाध्यक्षमा पनि लोसपाकै अनुराधा कुमारी २ हजार ५०३ मत ल्याएर निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सीमाकुमारी पटेलले १ हजार ९७१ मत ल्याइन्।
पाँच वडा रहेको गाउँपालिकाको वडा नम्बर १ र ५ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ। वडा नम्बर २ मा कांग्रेस, ३ मा एकीकृत समाजवादी र वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्।
वैशाख ३० गते भएको मतदानको क्रममा गाउँपालिकाको वडा नम्बर २ स्थित भेडियाही मतदान केन्द्रको मतपेटिका स्थानीयले लुटेका थिए।पछि त्यहाँ पुनः मतदान भएको थियो।
कमेन्ट गर्नुहोस्
view comments