सप्तरीको रुपनी गाउँपालिकामा विजय उत्सव मनाउन दिए आज सार्वजनिक बिदा
4 वर्ष पहिले प्रकाशित
जेठ ९ गते।नवनिर्वाचित अध्यक्षको निर्देशनमा विजय उत्सव मनाउन यो गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिका क्षेत्रभित्रका सार्वजनिक विदा दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ उल्लेख छ ।
मधेश प्रदेशमा निर्वाचनको मतपरिणाम सार्वजनिक भई निर्वाचित भएपछि विजय उत्सव मनाउन अन्य कुनै स्थानीय तहले सार्वजनिक बिदा दिएको छैन् ।
कमेन्ट गर्नुहोस्
view comments