जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार साह जित नजिक, दुई वडाको मत गन्न बाँकी
4 वर्ष पहिले प्रकाशित
जेठ ९ गते । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साह जित नजिक पुगेका छन्।
उनको वडासहित दुईवटा वडाको गणना भइरहँदा मनोजले १२ हजार २८३ मत ल्याएका हुन्।उपमहानगरपालिकामा रहेको २५ वडामध्ये २३ वटा वडाको मतगणना सम्पन्न भएको हो।
यस्तै, नेकपा एमालेका शिवशंकर साहले ९ हजार ३०३ मत ल्याए।लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार १६ मत ल्याएका हुन् ।
सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीबाट मेयरमा उम्मेदवारी दिएका लालकिशोर साहले ४ हजार ८०६ मतसहित चौथो स्थानमा झरेका छन्। लालकिशोर निवर्तमान मेयर हुन्।
यस्तै, स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ३ हजार ७३४मत सहित पाँचौँ स्थानमा रहेका छन्।
उपमेयरतर्फ गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवारी दिएका किशोरी साह १४ हजार ८३२ मत पाएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुना झाले १० हजार ५३४ मतसहित दोस्रो स्थानमा रहेकी छन्।
यस्तै, निवर्तमान उपमेयर लोसपाकी रिताकुमारी मिश्र ५ हजार २५४ मतसहित तेस्रो स्थानमा रहेकी छन्।
कमेन्ट गर्नुहोस्
view comments