सिरहामा धारिलो हतियार प्रहारगरी बुवा र छोराको हत्या

4 वर्ष पहिले प्रकाशित

जेठ ८ गते ।सिरहामा घरमा सुतिरहेका बुवा–छोराको धारिलो हतियार प्रहारगरी हत्या गरिएको छ ।
घरमा सुतिरहेको अवस्थामा अर्नमा गाउँपालिका वडा नं। १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्त कुमार पालको गएराती हत्या भएको हो ।

सन्तको विवाह जेठ ११ का लागि तय भएकाले स्थानीय महिलाहरु विवाह गीत गाएर गएपछि बुवा छोरा करिव १२ बजे सुतेका थिए ।

घरको छुट्टाछुट्टै घरमा सुतेका बुवा र छोराको सुतिरहेकै ठाउँमा धारीलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

सन्त महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए ।

घटना पश्चात प्रहरी अनुसन्धान थालेको छ ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने बताए।

उनले प्रहरीले यस घटना सम्बन्धमा अनुसन्धान भइरहेको र यसका लािााग तालिम प्राप्त कुकुरको पनि सहयोग लिइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?