बाराको आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी
4 वर्ष पहिले प्रकाशित
जेठ ८ गते । बाराको आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा काँग्रेसका जवाहर प्रसाद ४ हजार ८७ मत ल्याएर बिजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाको निवर्तमान अध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार मुस्तुफा अन्सारीले २ हजार ८३७ मत प्राप्त गरे ।
गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै मिरा देवी ३ हजार ३७५ मत ल्याउँदै निर्वाचित भईन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी बासमती देवी यादवले २ हजार ६२६ मत ल्याईन । ८ वटा वडाहरु रहेको गाउँपालिकाको वडा नम्बर २,३,७ र ८ मा काँग्रेसले वडाध्यक्ष जितेको छ ।
वडा नम्बर १ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, ४ मा नेकपा एमाले, ५ मा स्वतन्त्र उममेदवार र वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।०७४ सालको स्थानीय तहको निर्वाचनमा या गाउँपालिकामा जनता समाजवादी पार्टीले अध्यक्ष उपाध्यक्ष जितेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments