धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार निर्वाचित

4 वर्ष पहिले प्रकाशित

जेठ ८ गते।धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार आएको अन्तिम मतपरिणाम अनुसार एमालेका सुख देव यादव ७ हजार ९१३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले नेपाली कांग्रेसका जिल्ला सभापति एवं निवर्तमान मेयर योगेन्द्र पजियारलाई पराजित गरेका हुन् । पजियारले ७ हजार ३ सय मत ल्याएका हुन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी रचना श्रेष्ठ निर्वाचित भएकी हुन् । उनले ७ हजार ५५० मत ल्याएकी हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी सालिनी चौधरीले ७ हजार ५११ मत ल्याइन् ।

यस्तै १०  वडा मध्ये ८ वटा वडामा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?