महोत्तरीको जलेश्वर नगरपालिकाको मेयर र उपमेयर मा जसपा विजयी

4 वर्ष पहिले प्रकाशित

जेठ ८ गते। महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको मेयर र उपमेयर जनता समाजवादी पार्टीले जित हात पारेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को लाल किल्ला मानिने जलेश्वरमा जसपाले मेयर उपमेयर जित्दै विजयी झण्डा फहराएको हो ।

जसपाका सुरेश साह सोनार लोसपाका तर्फबाट उम्मेदवार रहेका निवर्तमान मेयर रामाशंकर मिश्रालाई भारी मतअन्तरले पराजित गर्दै मेयरमा विजयी भएका हुन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्दी निवर्तमान मेयर मिश्रालाई १८७६ मत अन्तरले पराजित गर्दै विजयी भएका छन् । सोनारले७३०६ मत ल्याएर जित हाँसिल गरे भने निकटतम प्रतिद्वन्दी मिश्रा ५४३० मतमा सिमित भए ।

यस्तै उपमेयरमा जसपाकी रौशन खातुन निर्वाचित भएकी छन् । उनले ५८२३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी मञ्चु देवी ४९०१ मत प्राप्त गरेकी छन् ।

जलेश्वर नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले मेयर र उपमेयर जितेको थियो ।

जलेश्वर नगरपालिका लोसपाका अध्यक्ष महन्त ठाकुर निर्वाचित महोत्तरीको प्रतिनिधिसभा ३ नम्बर क्षेत्र अन्तरगर्त पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?