सप्तरीमा निर्वाचित वडा सदस्यको निधन
4 वर्ष पहिले प्रकाशित
जेठ ६ गते ।सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । उहाँ सुतेकै अवस्थामा बिहान मृत भेटिएका वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार मत परिणाम सार्वजनिक भएपछि सुतिहार हिजो विजय जुलुस मनाएर घर फर्किनु भएको थियो ।
खाना खाएर सुत्नुभएका उहाँको निधन भएको बताइएको छ । जनता समाजवादी पार्टीको तर्फबाट वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएर विजयी हुनु भएको थियो ।
कमेन्ट गर्नुहोस्
view comments