सप्तरीको राजविराज नगरपालिकाको मेयर र उपमेयर मा जसपा विजयी
4 वर्ष पहिले प्रकाशित
जेठ ६ गते । सप्तरीको राजविराज नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले जीत हासिल गरेको छ ।जसपाबाट मेयर पदमा भिमराज यादव र उपमेयर पदमा इसरत प्रबिण बिजय भएका हुन् ।
सप्तरीके केन्द्र बिन्दु मानिएको राजविराज नगरपालिकाको सम्पन्न मत गणना अनुसार जसपा नेपालबाट मेयर पदका उम्मेदवार भिमराज यादवले ९ हजार ३ सय ४६ मत ल्याएर विजयी भएका हुन् ।
भिमराज यादवले ४ हजार ५ सय ८० मत अन्तरसहित विजयी भएका हुन् ।
उनका निकतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय ६६ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा जसपाकै इसरत प्रविणले ६ हजार ९ सय ८३ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुशिला यादवले ४ हजार ३ सय १५ मत प्राप्त गरेकि छिन् ।
भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments