मुख्यमन्त्री राउतका श्रीमती जलेखा सहित दुई स्वकीय सचिव पनि चुनावमा पराजित
4 वर्ष पहिले प्रकाशित
जेठ ६ गते ।स्थानीय निर्वाचन २०७९ मा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुन पराजित भएकी छन् ।
पर्साको जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टीबाट चुनाव लडेकी खातुन तेश्रो नम्बर मत ल्याएर पराजित भएकी हुन् ।
त्यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको छ।
कांग्रेसका श्रीकान्त प्रसाद यादव ५७४९ मत ल्याएर गाउँपालिका अध्यक्ष पदमा विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याएका छन्।
यस्तै उपाध्यक्षमा कांग्रेसकी बबिता सिहंले ५५३१ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा देवी कुर्मी ३३४५ मत ल्याएकी छन्।
तेस्रो नम्बरमा मुख्यमन्त्रीकी पत्नी जलेखा खातुन ३१२३ मत ल्याए सिमित भइन्।
मुख्यमन्त्री राउत आफ्नी पत्नी जलेखलाई उम्मेदवार बनाएपछि निवर्तमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुन पार्टी परित्याग गरेकी थिइन्।
मुख्यमन्त्रीका २ प्रमुख स्वकीय सचिव पनि हारे
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक यादव र स्वकीय सचिव पशुपति यादव पालिका प्रमुखमा पराजित भएका छन् । दुबैजना चुनाव लड्न पदबाट राजिनामा दिएर उम्मेदवार बनेका थिउ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा उठेका दिपकले जमानत समेत बचाउन सकेनन् ।
सो पालिकामा नेपाली काँग्रेसका दिनेश कुमार चौधरी ५ हजार १४४ मत ल्याएर निर्वाचित हुँदा चौथो नम्बबरमा दीपकले मात्र ४६९ मत ल्यान सके ।
त्यस्तै धनुषाको कमला नगरपालिकाको मेयरमा उठेका पशुपति कांग्रेस उम्मेदवार विशेश्वर प्रसाद यादवबाट एकहजार भन्दा बढी मतले पराजित भए ।
विशेश्वर ३८८७ मत ल्याएर विजयी हुँदा दोश्रो नम्बरमा पशुपति २८५९ मतमा सिमित भएर पराजय बेहोरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments