महोत्तरीको मटिहानी नगरपालिका मेयरमा लोसपाबाट हरि प्रसाद मण्डल दोस्रो पटक निर्वाचित
4 वर्ष पहिले प्रकाशित
५ जेठ ।महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका हरि प्रसाद मण्डल निर्वाचित भएका छन् । उनी दोस्रो पटक निर्वाचित भएका हुन् ।
उनले ४ हजार ३ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका मो. मुजिबुल रहमान २ हजार ६७४ मत ल्याए ।
तेस्रो स्थानमा नेकपा एमालेका हेमचन्द्र यादव रहेका छन् । उनले १ हजार ८९७ मत ल्याए ।
यस्तै उपप्रमुखमा लोसपाकी मञ्जु देवी निर्वाचित भएकी हुन् । उनले ३ हजार ८६४ मत ल्याएकी छन् भने उनको निकटतम प्रतिद्वन्दी जसपाकी जिवछी देवी यादव २ हजार ७५१ मत ल्याइन् ।
अन्य पालिकाको मतगणना जारी छ ।
कमेन्ट गर्नुहोस्
view comments