धनुषाको शहीदनगर नगरपालिकामा मेयरमा जसपा र उपमेयर कांग्रेस बिजयी

4 वर्ष पहिले प्रकाशित

जेठ ५ गते ।धनुषाको शहीदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन्।

मेयरमा जसपाका दिनेशप्रसाद यादव निर्वाचित भएका हुन्। उनले ५ हजार ७४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुधीर कुमार गोईतले ४ हजार १०५ मत पाए।

यस्तै, नगरपालिकाका निवर्तमान मेयर नेकपा माओवादी केन्द्रका उदय कुमार यादवले ४ हजार ७७ मत ल्याए।

उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित भएकी छन्। उनले ४ हजार ९३१ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मीनिया कुमारी मण्डल ४ हजार ७९१ मत ल्याइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?