सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी,मेयर बने शहिद हेमनारायणका छोरा

4 वर्ष पहिले प्रकाशित

जेठ ५ गते ।सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा शहिद हेमनारायण यादवका छोरा डा। नविन यादव विजयी भएका हुन् । उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादव ८ हजार ७३२ मत ल्याएका छन् । उपेन्द्र सिरहाका पूर्व उपमेयर हुन् ।

सिरहाका निवर्तमान मेयर तथा जसपाका उम्मेदवार अशेश्वर यादव तेस्रो स्थानमै सिमित बने । उनले मात्र ७ हजार ७५२ मत पाए ।

उपमेयरमा एमालेकै बविता कुमारी साह विजयी भएकी छन् । उनी १० हजार १२६ मत ल्याएकी छन् । उनकी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सरिता यादव ८ हजार ५७७ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?