धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा जसपाका अध्यक्ष र उपाध्यक्ष बिजयी

4 वर्ष पहिले प्रकाशित

जेठ ४ गते ।धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।

बुधवार आएको मतपरिणामअनुसार जसपाका जय कुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका छन्।उनले ५ हजार ४१० मत ल्याएर निर्वाचित भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामवावु यादवले २ हजार ४५५ मत ल्याए । यस्तै उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छन्।

उनले ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनको निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता कुमारी ३ हजार १५२ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?