पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जसपाबाट २१ वर्षीय युवा विजयी

4 वर्ष पहिले प्रकाशित

जेठ ४ गते । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा विजयी हुनुभएको छ । कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका वशिष्ट कुमार र उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी हुनुभएको छ ।

अध्यक्ष पदका उम्मेदवार वशिष्ट कुमारले तीन हजार सात सय १९ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका अजय कुमारले तीन हजार ६ सय पाँच मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनीले तीन हजार नौ सय ६१ र उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सहानी खातुनले तीन हजार आठ सय ३६ मत प्राप्त गर्नुभएको छ ।

पाँच वटा वडा रहेको गाउँपालिकाको तीन वटा वडाध्यक्षमा जसपा, एकरएक वटामा एमाले र कांग्रेस विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?