धनुषाको बटेश्वर गाउँपालिका ४ मा नेपाली काँग्रेस प्यानलसहित विजयी
4 वर्ष पहिले प्रकाशित
२०७९ जेठ ४ गते ।धनुषाको बटेश्वर गाउँपालिका – ४ मा काँग्रेसका निरज कार्की प्यानलसहित विजयी भएको छ ।
काँग्रेस वडाध्यक्षका उम्मेदवार निरज कार्की १९२ मतान्तरले निर्वाचित भएका हुन् । उनले ५९४ मत पाएका छन् ।
उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ४०२ मत प्राप्त गरेका छन् । बटेश्वर ४ मा एक हजार ५६२ मत खसेको थियो ।
यो संगै ५ वटा वडा रहेको बटेश्वर गाउँपालिकामा तीनवटा वडा काँग्रेसले जितेको छ ।
वडा नं। ५ सहित गाउँपालिका उपाध्यक्ष काँग्रेसले जित्ने निश्चित जस्तै बनेको छ ।
कमेन्ट गर्नुहोस्
view comments