धनुषाको जनकनन्दनी गाउँपालिकामा जसपाका दिपीनदेव यादव विजयी

4 वर्ष पहिले प्रकाशित

जेठ ३ गते। धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेको छ ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गरेको अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

यसैगरी उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका गीता सुडीले दुई हजार ८४० मत प्राप्त गरे ।

कूल छवटा वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका थिए । तीमध्ये गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ११ हजार ६३० जनाले मतदान गरेको थिए ।

यसैबीच जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ को वडाध्यक्षमा कांग्रेसका सुरेश झा ८३३ मतसहित निर्वाचित भएको छ भने वडा नं. ५ को वडाध्यक्षमा एमालेका बेचन साह २९१ मतसहित विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?