सर्लाहीको बलरा नगरपालिकाको मेयर उपमेयर पदमा माओवादी केन्द्र विजयी

4 वर्ष पहिले प्रकाशित

२०७९ जेठ ३ गते ।सर्लाहीको बलरा नगरपालिकाको मेयर उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ ।

माओवादी केन्द्रका रामशंकर प्रसाद कुशवाहा र उपमेयरमा कोशीला देवी विजयी भएका हुन् ।

कुशवाहा ४ हजार ६४३ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अभयकुमार सिंहले ३ हजार ६३१ मतमा सिमित भए ।

त्यस्तै नेपाली कांग्रेसका कौशल किशोर सिंहले २ हजार ६८१ मत ल्याएका छन् ।

उपमेयरमा माओवादीकी कोशीला देवीले ४ हजार ३५१ मत ल्याएर निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी राग्नी देवीले ३ हजार ७४० मत, नेपाली कांग्रेसकी किरण देवीले ३ हजार ८७ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?