सर्लाहीको रामपुरमा २२ वर्षीय युवक अध्यक्षमा निर्वाचित
4 वर्ष पहिले प्रकाशित
२०७९ जेठ २ गते ।सर्लाहीको रामनगरमा २२ वर्षीय युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका हुन्।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याएका हुन् ।
यस्तै स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १७०७ मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा माओवादीकी गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन्।
कमेन्ट गर्नुहोस्
view comments