सर्लाहीमा धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजय
4 वर्ष पहिले प्रकाशित
जेठ २ गते ।नेपालमै सबैभन्दा बढी २० वटा स्थानीय तह भएको सर्लाहीमा धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजय भएको छ। यो सँगै पालिकातर्फ विजेताको पहिलो खाता पनि कांग्रेसले नै खोलेको छ।
धनकौल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका फकिरा महतोलाई हराउँदै कांग्रेसका रामआश्रय साह विजय भएका हुन्। ४ हजार ४ सय ७७ मत ल्याउँदै विजेता बनेका साहले महतोलाई १ हजार ९९ मतले हराउँदै विजेता बेनका हुन्। साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन्।
त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी ४ हजार ५०४ मतका साथ विजयी भएकी छिन्। उनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन्।सातवटा वडा रहेको धनकौल स्थित वडा नम्बर १, २, ४ र ७ मा कांग्रेसका, ५ र ६ मा माओवादी केन्द्र तथा ३ नम्बर वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन्।
कमेन्ट गर्नुहोस्
view comments