सर्लाहीको हरिपुर नगरपालिमा नेपाली कांग्रेस बिजयी
4 वर्ष पहिले प्रकाशित
जेठ २ गते ।सर्लाहीको हरिपुर नगरपालिका नेपाली कांग्रेस ले जितेको छ। सोमबार सम्पन्न भएको मतगणना अनुसार मेयर र उपमेयर सहित ३ वटा वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
मेयरमा कांग्रेसका गोपाल पजियार ६ हजार ९३८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका सुनिल कुमार बुढाथोकीले ३ हजार ८८७ मत ल्याएका हुन् । नेकपा एसका जमिरुदिन मंसुरले २ हजार ८०५ मत ल्याएका हुन् ।
यस्तै उपमेयरमा कांग्रेसकै निलम देवी राय यादवले ५ हजार ५८३ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्दी नेकपा एसकी शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रकी अनिता देवीले ३ हजार ४९८ मत प्राप्त गरेकी हुन् ।
यस्तै वडा नं. १ को वडाध्यक्षमा माओवादी केन्द्रका नानी बावु थापा, वडा नं. २ मा नेकपा एमालेका निल बिक्रम थापा, वडा नं. ३ मा माओवादी केन्द्रका लाल महमद शेष, वडा नं. ४ मा संजय प्रसाद साह, वडा नं. ५ मा कांंग्रेसका सुरेन्द्र प्रसाद चौधरी, ६ मा प्रेमहरी श्रेष्ठ, ७ मा मनोज कुमार चौधरी, ८ मा नेकपा एसका हरिबहादुर थापा र वडा नं. ९ मा नेकपा एसकै विश्वनाथ राय विजयी भएका हुन् ।
कमेन्ट गर्नुहोस्
view comments