धनुषाको जनकनन्दिनी गाउँपालिका–५ मा जसपाका अशोक कुमार मण्डल एक मतले विजयी
4 वर्ष पहिले प्रकाशित
जेठ २ गते ।धनुषाको जनकनन्दिनी गाउँपालिका– ५ मा जनता समाजवादी पार्टीका अशोक कुमार मण्डल एक मतले विजयी भएका हुन् ।
सोमबार सम्पन्न भएको वडाको मतगणना अनुसार मण्डलले ३३० मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तनुकलाल कापरीले ३२९ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।
यस्तै सदस्यमा लोसपाकी महिला सदस्य ललिता देवी यादव ३४४, सदस्य जसपाका दिपेन्द्र यादव ३३८ र जसपाकै संतोष कुमार साहले ३०८ मत ल्याएका हुन् । दलित महिला सदस्य भने यस वडामा नरहेको निर्वाचन अधिकृत दाहालले भने ।
कमेन्ट गर्नुहोस्
view comments