धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा २५२ मतले एमालेका अग्रता, पछ्याउँदै काँग्रेस

4 वर्ष पहिले प्रकाशित

जेठ २ गते ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार सुकदेव यादव २५२ मतले अग्रता लिएका छन् ।

वडा नं ७ र ६ को मतगणना सम्पन्न भएर वडा नं २ को मतगणना चलिरहँदा यादव काँग्रेबाट मेयर पदका उम्मेदवार योगेन्द्र पजियार भन्दा २५२ मतले लिड गरिरहेका छन् ।

हालसम्मको मतगणना अनुसार यादवले १९८१ मत प्राप्त गरेका छन् भने काँग्रेसका पजियारले १७२९ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी उपमेयरमा एमालेकी सालिनी चौधरीले पनि अग्रता बनाएकी छिन् । उनले १३० मतले अग्रता बनाएकी हुन् । चौधरीले १९०० मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार रचना माथेमाले १७७० मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?