धनुषाको धनौजीको मतगणना स्थल तनावग्रस्त

4 वर्ष पहिले प्रकाशित

जेठ २ गते ।धनुषाको धनौजीको मतगणना स्थल तनावग्रस्त बनेको छ ।मतगणना विवादको विषयलाई लिएर तनाब भएको हो ।

प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा समेत गरेको छ ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले केहि सेल अश्रूग्यास र ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

एकजना प्रहरी समान्य घाइते भएको जनाइएको छ ।

भित्र मतगणना भने समान्य रुपले भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?