महोत्तरीको गौशालामा माओवादीसँग मतअन्तर बढाउँदै जसपा,एकसयभन्दा बढीको अग्रता

4 वर्ष पहिले प्रकाशित

जेठ १ गते । महोत्तरीको गौशाला नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले एकसयभन्दा बढीको अग्रता बनाएको छ ।

२ हजार १ सय ९० मतगणना गर्दा जनता समाजवादी पार्टीका उम्मेद्वार डाक्टर दिपेन्द्र महतो ५६८ मत ल्याएर १०५ मतको अग्रता कायम गरेको छ । उनलाई नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योञ्जनले ४६३ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले ३३८ मत ल्याएर पछ्याई रहेका छन् । यस्तै नेपाली काँग्रेसले २३४ मत पाएका छन् भने नेकपा एमालेले ३०५ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयर पदमा पनि जसपाकी रेणु कुमारी महतोले ५७५ मतकासाथ अग्रस्थानमा छिन् भने माओवादीले ४४७ र लोसपाकी उपमेयर उम्मेद्वारले ३८७ मत पाएर पछ्याई रहेका छन् ।

यस्तै, वडाध्यक्षमा जसपाले ५०६ मत प्राप्त गरेर अग्रता कायम गरेको छ भने माओवादीले ४४४ मत र लोसपा ३८५ मत प्राप्त गरेर पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार राधेश्याम सापकोटाको २०४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?