जनकपुरधाम उपमहानगरपालिका २ मा पनि कांग्रेसको प्यानलै विजयी
4 वर्ष पहिले प्रकाशित
जेठ १ गते । जनकपुरधाम उपमहानगरपालिका–२ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
आइतवार आएको मत परिणाम अनुसार जनकपुरधाम–२ मा कांग्रेसका शिव कुमार साह ६११ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकतम प्रतिद्वन्दी नेकपा एसका अशोक कुमार गुप्ताले २९५, नेकपा एमालेका संतोष कुमार साहले १५७ मत ल्याएका हुन् ।
यस्तै कांग्रेसबाटै महिला सदस्यमा सिता देवी साह ५५८, दलित महिला सदस्यमा धनेश्वरी देवी मुखिया ५५३, सदस्य अमित कुमार साह ४९९, महेश खत्वे ४२३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ ।
यस अघि वडा नं. १ मा समेत कांग्रेसको पुरै प्यानल विजयी भएको हो । अहिले अन्य वडाको मतगणना हुँदैछ ।
कमेन्ट गर्नुहोस्
view comments