सप्तरीको खडक नगरपालिकामा जनता समाजवादी पार्टीले अग्रता कायम

4 वर्ष पहिले प्रकाशित

जेठ १ गते ।सप्तरीको खडक नगरपालिकामा जनता समाजवादी पार्टीले अग्रता कायम राखेको छ ।
अहिलेसम्म भएको मतगणना अनुसार मेयर र उपमेयर दुबै पदमा जसपाका उम्मेदवार अगाडि रहेका छन् ।

कुल ३ हजार ५ सय ६९ मतको गणना हुँदा जसपाका हेमायु हकले ९०६, लोसपाका ननु चौधरी ८९४, नेपाली कांग्रेसका सिताराम साहले ५००, नेकपा एमालेका इन्द्र कुमार चौधरी थारु ३८३ र जनमत पार्टीका सुरत लाल साहले १२१ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा लोसपाकी पिंकी कुमारी साह १ हजार ९०, जसपाकी रिता कुमारी चौधरी ९८१, एमालेकी सुनिता देवी साह ४१०, कांग्रेसकी यासमिन सुल्तान ३५७, जनमतकी मञ्जु देवी चौधरी १२८ र नेकपा एसका शत्रुधन प्रसाद साह ६७ मत ल्याएका छन् ।

मतगणना अहिलेपनि जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?