गौशालामा छाता अघिअघि, माओवादी र साईकल पछि पछि
4 वर्ष पहिले प्रकाशित
जेठ १ गते । महोत्तरीको गौशाला नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले अग्रता कायमै राखेको छ ।
१ हजार ५८९ मतगणना गर्दा जनता समाजवादी पार्टीका उम्मेद्वार डाक्टर दिपेन्द्र महतो ४०५ मत ल्याएर पहिलो स्थानमा रहेको छ । उनलाई नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योञ्जनले ३२७ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले २६६ मत ल्याएर पछ्याई रहेका छन् ।
यस्तै नेकपा एमालेको २१४ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसले १८० मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयर पदमा पनि जसपाकी रेणु कुमारी महतोले ४११ मतका साथ अग्रस्थानमा छिन् । माओवादीले ३१० र लोसपाकी उपमेयर उम्मेद्वारले ३०३ मत पाएर पछ्याई रहेकी छिन् ।
कमेन्ट गर्नुहोस्
view comments