धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ मा काँग्रेस प्यानलसहित विजयी

4 वर्ष पहिले प्रकाशित

२०७९ जेठ १ गते । धनुषाको बटेश्वर गाउँपालिका(१ मा काँग्रेसका अशोक महतो प्यानलसहित विजयी भएको छ ।

वडा ध्यक्षमा काँग्रेसका अशोक कुमार महतो ५५२ मत ल्याएर विजयी भएका हुन् ।उनी काँग्रेसबाट प्यानलसहित विजयी भएका छन् ।

उनका निकटतमप्रतिद्वन्दी नेकपा एककीकृत समाजवादीका रामअशिष महतोले ३९० मत मात्र ल्याउन सफल भए ।

तेश्रोमा नेकपा एमालेका उमेश महतोले ३७० र माओवादी केन्द्रका प्रमेश्वर महतोले ३३१ मतमा सिमित भए ।

यसअघि पनि २०७४ को निर्वाचनमा यस वडामा काँग्रेसबाट शैलेन्द्र कुमार महतो विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?