लागूऔषध गाँजा सहित सर्लाहीबाट एकजना युवक पक्राउ
4 वर्ष पहिले प्रकाशित
वैशाख २९ गते ।लागूऔषध गाँजा सहित सर्लाहीबाट एकजना युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका ८ का १९ बर्षीय रुस्तम कुमार यादव रहेका छन् ।
यादवलाई प्लाष्टिको पोकामा बेरिएको समान टाउकोमा बोकि हिडिरहेको अवस्थामा खटिएको प्रहरी टोलीले शंकाको आधारमा राजश्री हल नजिकै चेकजाँच गर्दा १३ किलो ९ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments