घरदैलोको क्रममा सर्लाहीमा ‘सगुन’ खाएर उम्मेदवार विरामी परेको घटनामा प्रहरीले अनुसन्धान गर्दै
4 वर्ष पहिले प्रकाशित
वैशाख २७ गते ।घरदैलोको क्रममा सर्लाहीमा ‘सगुन’ खाएर उम्मेदवार विरामी परेको घटनामा प्रहरीले अनुसन्धान थालेको हो ।जिल्लाको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलोकाृ क्रममा ‘सगुन’ खाँदा उम्मेदवारसहित माओवादी केन्द्रका ५ जना कार्यकर्ता घाइते भएका थिए ।
वैशाख २५ गते वडा नम्बर–११ का माओवादी केन्द्रको वडाध्यक्षका उम्मेदवार शेष इस्तियाक सहित ५ जना बिरामी भएका हुन् ।
उम्मेदवार शेष इस्तियाक र ओम प्रकाशको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । पूर्णिमा भण्डारी, शेष आरिफ र शेष रिजवानको चाहिँ हरिवनमा उपचार हुँदै छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विरामी भएकाहरुको बान्ता र रगत परिक्षणका लागी खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा पठाइएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए ।
स्थानीयहरुबाट ‘सगुन’ खाएर विरामी परेकाहरुको स्वास्थ्यमा सुधार हुँदै छ ।विरामी हुनेहरुको घाँटी सुन्निएको हुनाले चिकित्सकले ‘पोभिजनिङ’ भनेका छन् ।
विरामीहरूले भोट माग्न जाँदा पानी, कोक र मिठाई खाएको बताएका छन् । प्रहरीले यस घटनामा अनुसन्धान गर्दै छ ।
कमेन्ट गर्नुहोस्
view comments