सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित
4 वर्ष पहिले प्रकाशित
२०७९ वैशाख २७ गते ।सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ।
स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।
कमेन्ट गर्नुहोस्
view comments