धनुषामा घरमै सुतिरहेका वडाध्यक्ष पदका उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार

4 वर्ष पहिले प्रकाशित

धनुषामा घरमै सुतिरहेका वडाध्यक्ष पदका उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ ।धनुषाको कमला नगरपालिका वडा नं. १ का वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्र नारायण यादवमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको हो ।

हतियार प्रहारबाट यादव गम्भीर घाइते भएका छन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

गएराती करिब १२ः३० बजेको समयमा घरमा सुतिरहेका यादवमाथि खुकुरी र चक्कु प्रहार गरिएको जनाइएको छ ।

शरिरको विभिन्न ठाउँमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाती सुरेन्द्र यादवले बताए ।

उम्मेदवार सर्वदेव यादवमाथि आक्रमणको प्रयास विफल भएपछि उनका बुवामाथि नै हतियार प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?