सिरहामा जसपाको चुनावी प्रचार प्रसारमा हिडेका एक वृद्धको मृत्यु

4 वर्ष पहिले प्रकाशित

२०७९ वैशाख १८ गते । सिरहामा जनता समाजवादी पार्टी (जसपा)को चुनावी प्रचार प्रसारमा हिडेका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको नवराजपुर गाउँपालिका १ का ६५ वर्षीय बद्री मोची छन् ।

शनिबार उनी चुनावी प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका थिए ।

उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको प्रहरीले जनाएको छ ।

मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवीक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?