जनकपुरधाममा कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी रिपु कुमारी निर्विरोध निर्वाचित

4 वर्ष पहिले प्रकाशित

२०७९ वैशाख १८ गते । जनकपुर- उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी एक महिला निर्विरोध निर्वाचित भएकी छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी रिपु कुमारी निर्विरोध निर्वाचित भएकी हुन्।रिपुले दलित महिला सदस्य पदका लागि उम्मेदवारी दिएकोमा सो पदमा उनको एकल उम्मेदवारी रहेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?