मिथिला नगरपालिकामा एमालेबाट बागी उम्मेदवार दिएका महतो उम्मेदवारी फिर्ता लिने

4 वर्ष पहिले प्रकाशित

बैशाख १६ गते । मिथिला नगरपालिकामा नेकपा एमालेबाट बागी उम्मेदवार निवर्तमान प्रमुख हरिनारायण महतोले उम्मेदवारी फिर्ता लिने भएका छन्।उनले उम्मेदवारी फिर्ता लिने विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयले बोलाएको थियो। महतोले उम्मेदवारी फिर्ता लिने बताएका छन्।

‘म फिर्ता लिन्छु। पार्टी अध्यक्ष केपी शर्मा ओलीले तपाईंको व्यवस्थापन गर्छु भनेपछि फिर्ता लिने निष्कर्षमा पुगेको हुँ। अहिले काठमाडौंबाट फर्किँदै छु’ उनले भने।अन्तिम समयमा एमालेले राजाराम महतोलाई प्रमुखको टिकट दिएपछि उनले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए।

नेकपा एमाले नगर समितिले हरिनारायण महतोलाई प्रमुखको उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो। तर, टिकट अन्ततः राजाराम महतोले पाउन सफल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?