धनुषामा तीन जना सवार मोटरसाइकल ट्रकमा ठोक्किँदा तीनै जनाको मृत्यु
4 वर्ष पहिले प्रकाशित
२०७९ वैशाख १३ गते । धनुषामा तीन जना सवार मोटरसाइकल रोकिएको ट्रकमा ठोक्किँदा तीनै जनाको मृत्यु भएको छ।
सोमबार राति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा सडक छेउमा रोकिएको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।दुर्घटनामा परेर घाइते भएका तीनै जनालाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।
दुर्घटनामा परेर मृत्यु भएकामध्ये दुईजनाको मात्र सनाखत हुन सकेको छ। सनाखत भएकामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ का अन्दाजी १९ वर्षीय सुमित टिण्डेवाल र विदेह नगरपालिका वडा नं। ६ एकराहीका १८ वर्षीय मण्डल रहेका छन्।
अर्का एक जना मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका ३ जनालाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments