सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

5 वर्ष पहिले प्रकाशित

२१ पुस , २०७७

सप्तरीमा ट्रकको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनि गाउपालिका वडा न.६ स्थित विरेन्द्र बजारमा भएको दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका वडा न. १ वासितपुरका ३५ वर्षीय रामकुमार खत्वे मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

यता ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ठक्कर दिने ट्रकको नम्वर खुल्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?