कांग्रेसले टिकट नदिए पछि पूर्व एसपी साहको स्वतन्त्र उम्मेदवार दर्ता
4 वर्ष पहिले प्रकाशित
वैशाख १३ गते ।नेपाली कांग्रेसले टिकट नदिए पछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताको दोस्रो दिन कार्यकर्ताहरु सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखि प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरु आफ्नो मुख्य एजेण्डा रहेको बताए । केही साता पूर्व साहले चुनाव लड्नकै लागि पार्टीको आश्वासनमा नेपाल प्रहरीको एसएसपी पदबाट राजीनामा दिएर चर्चामा आएका थिए । पार्टीले टिकट नदिए पनि मतदाताहरुको सहयोगले चुनाव जित्ने भन्दै उनले सबैलाई एक पटक मौका दिन आग्रह गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments