माओवादी केन्द्रले धनुषाको १० वटा पालिकामा पालिका प्रमुख पदको उम्मेदवारको टुंगो , को – को ?

4 वर्ष पहिले प्रकाशित

वैशाख १२ गते नेकपा माओवादी केन्द्रले धनुषाको १० वटा पालिकामा पालिका प्रमुख पदको उम्मेदवारको टुंगो लगाएको छ ।

अब मनोनयन दर्ताको समय केही घण्टा मात्र बाँकी रहँदा १० पालिकाको प्रमुख र उपप्रमुखको मात्र टुंगो लगाउन सकेको हो ।अन्यको टुंगो लगाउन छलफल भइरहेको माओवादी नेता श्रीनारायण प्रतिहस्तले जानकारी दिए ।

उनका अनुसार प्रमुख पदहरुमा मिथिला नगरपालिकामा रामकुमार महतो,

धनुषाधाम नगरपालिका: दीपक यादव
हंसपुर नगरपालिका : सुनिल यादव
मिथिला बिहारी नगरपालिका : सूर्यनारायण मण्डल
धनौजी गाउँपालिका: रुदल मुनिया
नगराइन नगरपालिका : नवल किशोर यादव
जनकनन्दनी गाउँपालिका : विनोद कुमार मण्डल
कमला नगरपालिका : बलराम विराजी यादव
सहिद नगर नगरपालिका : उदय बरबरिया
बटेश्वर गाउँपालिका :रामदुलार महतो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?