मधेस प्रदेशको राजधानी जनकपुरधाममा मेयर पदका लागि ८ जनाको उम्मेदवारी दर्ता

4 वर्ष पहिले प्रकाशित

वैशाख १२ गते । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार भएको उम्मेदवारी मनोनयनको पहिलो दिन मेयरमा ८ जनासहित १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

दुई राजनीतिक दल र स्वतन्त्र गरी आठ जनाको मेयर पदमा उम्मेदवारी परेको छ । यस्तै उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको उनले बताए । मनोनयन दर्ता गर्नेमा जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डल रहेका छन् । यस्तै स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतो छन् ।

यस्तै उपप्रमुखमा जनमत पार्टीबाट सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने कुमारी बनिता यादव र उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अन्य ११६ जनाले वडाअध्यक्ष र सदस्यमा मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राप्रपा, राप्रपा नेपाललगायतले सोमबार दर्ता गराउने जनाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?