मधेश प्रदेशका कानुन मन्त्रीले मेयरको टिकट नपाएपछि लिए राजिनामा फिर्ता

4 वर्ष पहिले प्रकाशित

वैशाख १२ गते ।मेयरमा लड्ने भन्दै राजीनामा दिएका मधेश प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री राजिनामा अन्ततः राजिनामा फिर्ता लिएका छन् ।

यादवले सिरहा नगरपालिकाको मेयरमा लड्ने भन्दै शुक्रबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

तर नेकपा एकीकृत समाजवादीलाई मेयर पद नदिने सत्ता गठबन्धनको निर्णयपछि उनले राजीनामा फिर्ता लिएका हुन् ।

‘मेयरको टिकट नपाएपछि मन्त्री र प्रदेश सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको छु ।’ उनले भने ।

राजीनामाका लागि शुक्रबार दिउँसो प्रदेशसभा सचिवालयमा यादवले निवेदन दिएपनि दर्ता भएको थिएन ।

मन्त्री पदबाट यादवले दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता गर्न बाँकी रहेको कारण राजीनामा फिर्ता लिन सहज भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?