स्वतन्त्रबाट उपमेयरका लागि चौधरी एमालेको उम्मेदवारी दर्ता

4 वर्ष पहिले प्रकाशित

वैशाख १२ गते । नेकपा एमालेका नेता उमेश चौधरीले स्वतन्त्रबाट जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार नेकपा एमालेबाट बागी भएर चौधरीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन । उनको क्रम संख्या एक रहेको छ । चौधरी नेकपा एमालेबाट टिकट नपाएर बागी उम्मेदवार बन्न बाध्य भएको बताउँछन् । चौधरीले पार्टीमा पुँजीपति हावी भएपछि आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?